खिजिदेम्बा गाउँपालिका वडा नं-३ खिजी चण्डेश्वरी पुठामा मणि छोकुर कार्यक्रम सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 1, 2018

खिजिदेम्बा गाउँपालिका वडा नं-३ खिजी चण्डेश्वरी पुठामा मणि छोकुर कार्यक्रम सम्पन्न

शेरसाङ्गे शेर्पा खिजिदेम्बा ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं-३ खिजीचण्डेश्वरी पुठामा देव अवतरण दिवस मणि छोकुर नाछ तथा शुभ दिपावली विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।खिजीदेम्बा-३ साबिकको खिजी चण्डेश्वरी -६ पुठा गाउँकै इतिहासमा पहिलोपटक यो भव्य औपचारिक कार्यक्रम भएको हो। बि.स २०५० सालमा स्वर्गीय नुर्बु शेर्पा लामाको अगुवाइमा स्थापन भइ गुम्बा उद्घाटन हुँदा पनि औपचारिक कार्यक्रम नगरी किल्खोर दिङ साङ्दोक पालोरी गुम्बाका प्रमुख लामा तेन्जिङ राङ्डोल रिन्पोछे को आगमन बाट गुम्बाको रप्ने प्राण प्रतिष्ठान कार्य मात्रा गरिएको बुद्ध छोलिङ गुम्बाका अध्यक्ष रिन्जी शेर्पाले बताउनुभयो। शेर्पाका अनुसार पुठा गाउँको इतिहास आज सम्पन्न कार्यक्रम अविस्मरणीय रहेको दावी गर्नुभयो।
देव अवतरण दिवसको पवन अवसरमा खिजिदेम्बा गाउँपालिकाका प्रमुख वेद बहादुर रोकाको प्रमुख अतिथ्यता तथा बुद्ध छोलिङ गुम्बाको अध्यक्ष रिन्जी शेर्पाको सभा अध्यक्षतामा भएको एक औपचारिक कार्यक्रममा बुद्ध छोलिङ गुम्बाका सचिव कुशाङ शेर्पा (ङवाङ टाक्पा लामाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।शुभकामना मन्तव्य राख्दै सचिव लामाले बुद्ध छोलिङ गुम्बा निर्माणको लागि खिजिदेम्बा गाउँपालिकाले विशेष सहयोग गर्न सबैमा अपिल गर्दै अब निकट भविष्यमा पनि यस्तै कार्यक्रम संचालन गर्ने बताउनुभयो। कार्यक्रममा महत्त्वपूर्ण सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष वेद बहादुर रोकाले खिजिदेम्बामा भएको सबै गुम्बाको स्तरन्नौती र निर्माणका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो। अध्यक्ष रोकाले खिजिदेम्बाको बिकास र समृद्धिको लागि सदैव सबैसंग सहकार्य गर्दै बिकास निर्माणका गतिविधि अगाडि बढाउने बताउनुभयो। गाउँपालिकाको विकासको लागि टोलटोलमा जनप्रतिनिधि मार्फत आवश्यकताको पहिचान गरि विकास निर्माणकार्य अगाडि लैजाने बताइएको छ। कार्यक्रम मा शुभकामना मन्तव्य राख्दै खिजिदेम्बा -३ का वडा अध्यक्ष टंकराज सुनुवारले खिजिदेम्बा ३ को विकास र समृद्धिको लागि विशेष योजनाको साथ अगाडि बढ्ने प्रतिबद्धता गर्नुभयो।अध्यक्ष सुनुवारले बुद्ध छोलिङ गुम्बाको लागि यसपटक १ लाख ५० हजार मात्र रकम विनियोजन गरेको र अबको दिनमा आफैले नै स्थलगत अनुगमन पश्चात अबको आर्थिक वर्षबाट महत्त्वपूर्ण रकम विनियोजन गर्ने बताउदै यसका लागि ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रममा किल्खोरदिङ साङ्दोक पालोरी गुम्बाका धर्मगुरु ङवाङ टिमे लामाले मणि छोकुर देव अवतरण दिवसको सबलमा धार्मिक प्रवचन दिनुभएको थियो। कार्यक्रमकै अवसरमा बुद्ध छोलिङ गुम्बामा सहयोग गर्ने विशेष सहयोगीहरुलाई गाउँपालिका अध्यक्ष रोकाले सम्मान गरेका थिए।कार्यक्रम वडा -८ का वडाध्यक्ष नगेन्द्र बहादुर बस्नेत,गा.पा उपाध्यक्ष सुशीला तामाङ,लाक्पा गेल्बु शेर्पा,धर्मगुरु ङवाङ थोचेन लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए।



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2qndfhL

No comments:

Post a Comment

Pages