दाङमा १७ लाखको रिचार्ज चोरेर ससुरालीमा लुकाउने पक्राउ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, November 1, 2018

दाङमा १७ लाखको रिचार्ज चोरेर ससुरालीमा लुकाउने पक्राउ

१५ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, दाङले १७ लाख रुपैयाँ बराबरको एनटीसी रिचार्ज कार्ड चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रोल्पाको माडी गाउापालिका–१ का २१ वर्षीया दलबहादुर पुन छन् ।विशेष सुराकीका आधारमा उनलाई रोल्पा प्रहरीको सहयोगमा प्युठानको स्वर्गद्वारी–७ स्थित ससुराली घरबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले अनलाइनखबरलाई बताए ।उनका अनुसार घटना भएको २१ दिनपछि अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।उनले केही रिचार्ज कार्ड विक्री गरिसकेको भेटिएको छ भने केही कार्डहरु बरामद समेत भएका छन् । उनीमाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

साभार
अनलाइन खबर

The post दाङमा १७ लाखको रिचार्ज चोरेर ससुरालीमा लुकाउने पक्राउ appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2OjpDJ9

No comments:

Post a Comment

Pages