खिजिदेम्बा गाउँपालिका व्यवसायी दर्तामा जिल्लाकै पहिलो गाउँपालिका - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, October 1, 2018

खिजिदेम्बा गाउँपालिका व्यवसायी दर्तामा जिल्लाकै पहिलो गाउँपालिका

शेरसाङ्गे शेर्पा (खिजिदेम्बा) खिजिदेम्बा गाउपालिका व्यवसायी दर्ता तथा नवीकरणमा जिल्लाकै पहिलो गाउँपालिका बनेको छ।मिति २०७५ साल असोज ११,१२ र १३ गते लगातार ३ दिनसम्म आन्तरिक राजस्व कर कार्यालय लहान,जिल्ला उद्योग बाणिज्य संघ ओखलढुंगा र खिजिदेम्बा गाउँपालिकाको सहकार्यमा भएको व्यवसायीहरुको फम दर्ता तथा म्याद नग्न लागेका व्यवसायीहरुको दर्ता नवीकरण शिविर खिजिदेम्बा गाउँपालिकाको कार्यालय खिजिफलाटेमा सम्पन्न भएको छ।
सबै व्यवसायीहरुलाई करको दायरामा ल्याउन र व्यवसायीहरुलाई विभिन्न अनुगमन लगायत अन्य समस्या र चुनौतीबाट छुटकारा गर्नका लागि खिजिदेम्बा गाउँपालिकाको विशेष पहलमा व्यवसायी फम दर्ता तथा नवीकरणका शिविर संचालन गरेको खिजिदेम्बा गाउँपालिकाले जनाइएको छ।व्यवसाय गरेर बस्न रुचाउने व्यवसायीहरुको फम दर्ता तथा नवीकरण गर्न जिल्ला नै धाउनुपर्ने समस्या र खर्चिलो तथा झन्झटिलोबाट छुटकारा मिलोस् भन्ने भावनाले खिजिदेम्बा गाउँपालिका भित्र व्यवसाय गरेर बस्ने बजार लगायत गाउँघर आसपासका वडा नं-१ देखि ९ सम्मका सबै व्यवसायहरुलाई व्यवसायी फम दर्ता गर्न आव्हानका साथ गाउँपालिकामा शिविर संचालन गरिएको खिजिदेम्बा गाउँपालिका प्रतिनिधि कमल प्रसाद न्यौपानेले बताउनुभयो। स्थानीय स्तरमै व्यवसायी फम दर्ता शिविर संचालन हुँदा व्यवसाय गरेर बसेका व्यवसायीहरु लाभान्वित र खुसी भएका छ।गाउँपालिकामै पसल दर्ता अभियानले दुई दिन लागेर जिल्ला धाउनुपर्ने समस्या र हजारौं लागतको खर्च र झन्झटिलो प्रक्रियाबाट छुटकारा मिलेको व्यवसाय दर्ता गर्न गाउँपालिका सम्म आएका खिजिदेम्बा -३ का छोटी शेर्पाले बताउनुभयो।शेर्पाका अनुसार गाउँपालिकाले पसल दर्ता शिविर संचालन नगरेको भए कैयौं व्यवसायहरुको व्यवसायी फम होटल,पसल दर्ता नहुने विश्वास गर्नुभयो।
जिल्लाकै व्यवसाय दर्ता गर्ने पहिलो गाउँपालिका खिजिदेम्बामा सबै व्यवसायीहरुको अनिवार्य उपस्थिति रहेको जिल्ला उद्योग बाणिज्य संघ ओखलढुंगाका सचीव नवराज दाहालले बताउनुभयो।उहाँका अनुसार व्यवसाय फम दर्ता शिविरमा १८० भन्दा बढी पसल तथा होटल दर्ता गरिएको बताइएको छ।खिजिदेम्बा गाउँपालिकामा करको दायरामा आउने व्यवसायीहरु करिब ३०० को हाराहारीमा भएको उद्योग बाणिज्य संघ ओखलढुंगाले जनाइएको छ। लगातार रूपमा ३ दिनसम्म संचालन भएको शिविरमा सबै जसो व्यवसायीहरु घरेलुु तथा साना उद्योगमा दर्ता भएको थियो।


from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2Iz5MVr

No comments:

Post a Comment

Pages