बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 31, 2018

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

१४ कात्तिक काठमाडौमा सरकारले आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ । देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई २ दिन भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो |१ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको थप औषधिसमेत खुवाइने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि २३ महिनाका बालकालिकाले सुक्ष्म पोषकतत्व ‘बालभिटा’ पनि पाउनेछन् ।पोषण कार्यक्रम लागू भएका जिल्लाका बालबालिकाको पोषणस्थिति थाहा पाउन पाखुराको नापसमेत लिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जनशक्ति परिचालन गरिएको जानकारी दिँदै नजिकैको भिटामिन ‘ए’ क्याप्सुल वितरण केन्द्रमा लगेर खुवाउन आग्रह गरेको छ ।विद्यालय खुला रहेको दिन कार्यक्रम सञ्चालन गरिएकाले स्कुले बालबालिकाहरुलाई औषधि खुवाउन केही असुविधा परेको छ ।

साभार
अनलाइन खबार

The post बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2Pu8aT8

No comments:

Post a Comment

Pages