राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा दुई लाख पाँच हजार गुनासो सुनुवाई - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 14, 2018

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा दुई लाख पाँच हजार गुनासो सुनुवाई

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई लाख पाँच हजार ५ सय ८४ गुनासो सुनुवाई भएको जनाएको छ ।

निजी आवास पुनर्निर्माण लाभग्राही सूचीमा नपरेकामा दुई लाख ३७ हजार ८५ जनाले वडामार्फत गुनासो दर्ता गराएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
गुनासो आउने क्रम अझै जारी छ । प्राधिकरणको टोल फ्री नम्बर र हेलो सरकारबाट पनि उजुरी आउने गरेको प्राधिकरणले जनाएको छ ।

हालसम्म भूकम्प अति प्रभावित १४ जिल्लामा मात्र दुई लाख आठ हजार ४ सय ७८ गुनासो दर्ता भएको प्राधिकरणले जनाएको छ । कम प्रभावित १८ जिल्लामा २८ हजार ६ सय ७ गुनासो दर्ता भए । हालसम्म अति प्रभावित १४ जिल्लाका मात्र गुनासो सम्बोधन भएको छ । भूकम्प प्रभावित ३२ जिल्लाका लाभग्राहीले पुन: निर्माणसम्बन्धी काममा चित्त नबुझेमा गुनासो गर्न सकिने व्यवस्था कार्यविधीमा उल्लेख गरिएको छ ।

प्राधिकरणमा पहिलो चरणमा दर्ता भएका दुई लाख सात हजार उजुरी मध्येबाट ४१ हजार लाभग्राही छनोट भएका थिए । तीमध्ये एक लाख २९ हजार ४ सय ८ उजुरीकर्ताको पुन: सर्वेक्षण गरिएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । सर्वेक्षणबाट ४२ हजार लाभग्राही थपिएको प्राधिकरणले जनाएको छ ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2NJR3HU

No comments:

Post a Comment

Pages