आइ एल ओ १६९ र संयुक्त राष्ट्र संघ आदिबासी मानब अधिकार कार्यन्वयन गर्न आग्रह - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, October 27, 2018

आइ एल ओ १६९ र संयुक्त राष्ट्र संघ आदिबासी मानब अधिकार कार्यन्वयन गर्न आग्रह

धनगढी, कार्तिक १० । संयूक्त राष्ट्रसंघ (यूएन) को ७३औं स्थापना दिवस धनगढीमा मनाएको छ । यूएन डेको अवसरमा संयूक्त राष्ट्रसंघिय आदिवासी सवालका लागि स्थायी मञ्चका एसिया प्रतिनिधि फूलमान चौधरी आइ एल ओ १६९ र संयुक्त राष्ट्र संघ आदिबासी मानब अधिकार घोषणा पत्रमा नेपालले हस्ताक्षर गरेको १० वर्ष पुरा भएको पनि यसमा सरकारले ध्यान नदिएको जानकारी दिनुभएको छ ।
घोषणा पत्रमा हस्ताक्षर गरेको लामो समय भईसक्दा पनि कार्यन्वयन नभएकोमा स्थायी मञ्चको गम्भिर ध्यानकर्षण रहेको चौधरीको भनाइ रहेको छ । यस बिषयमा गत अप्रिल महिनामा संयूक्त राष्ट्र संघको मूख्यालय न्यूर्योकमा सम्पन्न सम्मेलनले पनि नेपाल सरकारलाई ध्यानकार्षणसंगै वार्षिक प्रतिबेदनमा उक्त कन्भेन्सन कार्यन्वयन गराउन सर्कुलेट गरेको चौधारीले बताउनु भयो ।

चौधरीले आदिबासीका लागि नेपाल सरकारले संयूक्त राष्ट्रसंघसंग गरेको सम्झौता, महासंधि, घोषणापत्रलाई इमान्दारितापूर्वक पालना गर्नुका साथै कार्यन्वयन गर्न धनगढी उप–महानगर पालिकाका उपप्रमुख सुशिला मिश्र भटटसंग अनुरोध गरेका छन । साथै स्थानीय तहले समेत दिगो विकास २०३० लगायत अन्तराष्ट्रिय घोषणा पत्रलाई कार्यन्वयन गर्नुपर्नेमा चुधारीले जोड दिए ।
धनगढी उप–महानगर पालिकाका उपप्रमुख सुशिला मिश्र भटटले दिगो विकासका १७ वटा लक्ष्यलाई धनगढी नगरपालिकाले सहकार्य र समन्यन गर्ने बताए । यूएन डिपीका धनगढी प्रमुख बैजन्ती गिरी सिंहले संस्थाले प्रदेश स्तरमा गर्दै आएको यूएनका क्रियाकलापबारे प्रष्टाउदै दिगो विकास लक्ष्य २०३० को १७ वटा लक्ष्यकोबारेमा जानकारी दिइन् । यूएनएफपिएका धनगढी इन्र्चाज निलकण्ठ गौतमले यूएनको स्थापनाको ईतिहासको औचित्यबारे प्रकास पारेका थिए ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2Sh6w5X

No comments:

Post a Comment

Pages