कोरियामा हृदयघात भई उपचारर्थ शेर्पाको निधन , शब नेपाल पठाउन आर्थिक सहयोगको अपिल - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, October 26, 2018

कोरियामा हृदयघात भई उपचारर्थ शेर्पाको निधन , शब नेपाल पठाउन आर्थिक सहयोगको अपिल

दक्षिण कोरियाको जिन्जु शहर स्थित अस्पतालमा उपचारर्थ दोलखा गौरीशंकर गाउँपालिका ९ घर भएका आङकामि शेर्पाको शुक्रबार निधन भएको छ । मृतक शेर्पा करिब एक महिनादेखि हृदयघातका कारण उपचार्थ थिए ।

अस्पताल भर्ना भएदेखि नै घाटीभन्दा माथिको भाग नचलेका शेर्पालाई शुक्रबार विहान आठ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । ४३ वार्षिय शेर्पा २०१६मा कोरिया प्रवेश गरेका थिए ।

शेर्पाको शब नेपाल पठाउन र अस्पतालको खर्चको लागि दोलखा समाजको नेतृत्वमा आर्थिक सहयोग संकलन शुरु गरिएको छ । अस्पतालका उपचार खर्च ४ करोड वन (करिब रु. ४० लाख) पुगेको छ । गैरकानुनी रुपमा कोरियामा रहेका शेर्पाको शब नेपाल पठाउन पनि धेरै खर्चको आवश्यक्ता पर्नेछ । शनिबार र आइतबार दुई दिन मात्र आर्थिक संकलन गरिने समाजका अध्यक्ष सुरज केसीले बताए ।

शेर्पाको शब जिन्जु शहरबाट सउल सारिने तयारी भइरहेको छ । उपचारक्रममा अमेरिकाबाट आएका शेर्पाका बहिनको सहमतिमा शबलाई नेपाल पठाउने भएका हुन् ।

इच्छुकले कोरियाको उरी बैंकको खाता नम्बर १००२६५५४१९४८८ मा आर्थिक सहयोग गर्न सक्नु हुनेछ ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2D7mNpL

No comments:

Post a Comment

Pages