राष्ट्रकवी घिमिरेको शताब्दी छोरीहरुको उपहार - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 23, 2018

राष्ट्रकवी घिमिरेको शताब्दी छोरीहरुको उपहार

राष्ट्रकवी माधव प्रसाद घिमिरे आजबाट एक सय बर्ष पुरा भएका छन् । वि. स. १९७६ असोज ७ गत्ते लमजुङको पुस्तुनमा जन्मिएका उनी आजबाट एक शताब्दी पार गरेका हुन । उनी नेपाली राष्ट्र र राष्ट्रियताको राष्ट्रकवि भनेर संसारले चिनिने कवि हुन । साहित्यमा अग्रज मानीने कवि कानुनका प्राध्यापक पनि थिए । राष्ट्रको लागि जति महत्वपुर्ण बने त्यति नै पारिवारीक रुपमा पनि उनलाई नमुनाका रुपमा लिन सकिन्छ । सय वर्ष पुगेको अवसरमा उनले आफ्न परिवारिक जमघटमा शताब्दी जन्मदिन मनाएका छन । प्रकृतिस“ग हराएर काव्य सिर्जना गर्ने घिमिरे देशका राष्ट्रिय एकता, स्वतन्त्रता र स्वाभिमानको प्रशस्तिमा आफनो जीबन नै खर्चिय । उनका कविता, गिती नाटकले नेपाली स्वाभिमान र मानव जातिको कल्याण वर्णन गर्छन् । गाउ“छ गीत नेपाली, नेपाली हामी रहौ“ला कहा“ नेपाल नै नरहे जस्ता कालजयी राष्ट्रिय गीतले उनलाइ चर्चा र लोकप्रियताको शीखरमा पु¥याएको मानिन्छ । घिमिरेले आफ्नोनिवासमा पारिवारिक रुपमा विशेष पुजा आयोजना गरेर जन्मदिन मनाएका छन् । घिमिरेको सन्तानमा ६ छोरी र २ छोरा रहेका छन । पारिवारिक रुपमा आयोजना गरेको समारोहमा विभिन्न कविता उनका योगदानको प्रशंशामा गीत, कविता वाचन गरेका थिए । कविले हाल सय वर्षको उमेरमा आइपुग्दा पनि महाकाव्य लेख्दै छन । ऋतम्भरा भन्ने महाकाव्य अन्तिम अन्तिम चरणमा पु¥याएका छन् । राष्ट्रकविको सुस्वास्थ्य र दीर्घजीवनका लागि हाम्रो पनि शुभकामना ।

The post राष्ट्रकवी घिमिरेको शताब्दी छोरीहरुको उपहार appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2O9yukY

No comments:

Post a Comment

Pages