शेर्पा संघ दक्षिण कोरियाको तेस्रो माहधिवेशनको तयारी पुरा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 7, 2018

शेर्पा संघ दक्षिण कोरियाको तेस्रो माहधिवेशनको तयारी पुरा

शेर्पा संघ दक्षिण कोरिया द्वारा यहि सेप्टेम्बर २३ तारिक आयोजना गर्न लागेको तेस्रो माहधिवेशन तथा शुभ कामना आदान प्रदान कार्यक्रम को तयारी पुरा भएको संघ को अध्यक्ष सेर साङबो शेर्पा ले बताउनु भयो ।

“पहिचान र सह अस्तित्व को लागि सम्पूर्ण शेर्पा समुदाय एक हौ ”
“तेस्रो माहधिवेशन सफल पारौ ”
भन्ने जस्ता नाराका साथ कोरियाको महान पर्व छुसक मा शेर्पा संघ दक्षिण कोरियाले तेस्रो माहधिवेशन तथा कोरियामा क्रियाशील नेपाली भाषी संघ संस्था बिच एकता समुन्वया सत्भाब बडाउन शुभ कामना आदान-प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

शेर्पा संघ दक्षिण कोरिया स्थपनाकाल देखि नै विभिन्न सामाजिक तथा परोउपकारि कार्य गर्दै कोरियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल एक मुनाफा रहित सामाजिक संस्था हुन् ।

हाल कोरियामा ७० भन्दा धेरै क्रियाशील सामाजिक संघ संस्था रहेको छ भने शेर्पा संघ कोरियाले आगामी दिन हरु मा सबै संघ संस्था संग हाते मालो गर्दै नेपाली समाजको हक हित लगायत समाज परिवर्तमा आफ्नो साथ सहयोग गर्दै सकारत्मक भूमीका खेल्ने नीति संघले लिएको अध्यक्ष ले जनाउनु भयो ।

सेप्टेम्बर २३ तारिक आयोजना हुने तेस्रो माहधिवेशन मा आफ्नो कार्य व्यस्तताका बाबजुत पनि शेर्पा संघ प्रति सकारात्मक सोचका साथ आर्थिक, भौतिक , नैतिक सहयोग गर्ने महानुभाव हरु लाई सम्मान गर्ने संघ ले जनाएको छ । माह अधिवेशन २३ तारिक दिउसो ३ बजे नेपाल हाउस, सौल दोंग्म्यो स्टेशन हुने भएको छ।

तेस्रो माह अधिवेशन तथा शुभ कामना आदान प्रदान कार्यक्रम सफल बनाउन कोरिया मा रहेका संघ संस्था र नेपाली हरु मा उपश्थिति को लागि अध्यक्ष सेर शेर्पा ले अनुरोध गरेको छ ।



from Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2wUz63L

No comments:

Post a Comment

Pages