किल्खोरदिङ गुम्बा पुनः निर्माण ओखलढुंगाबासी हर्षित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 18, 2018

किल्खोरदिङ गुम्बा पुनः निर्माण ओखलढुंगाबासी हर्षित

ओखलढुंगा जिल्लाको खिजी देम्बा गाउँपालिका वडा न. ८ साबिकको गविस ९ मा अबस्थित ऐतिहासिक किल्खोरदिङ साङ्दोक पालोरी धार्मिक सम्पदा गुम्बा २०७२ बैशाख १२,१३ र २९ गतेको माह-बिनाशकारी भुकम्पले धार्मिक अास्थाको केन्द्र गुम्बा पुर्ण रुपमा ध्वस्त भइ पुराना धार्मिक ग्रन्थहरु,मुर्ति,बास्तुकला,चित्रकला लगायत करोडौं सम्पत्ति नष्ट भएको थियोे भुकम्पबाट क्षेतिग्रस्त गोन्पा पुन निर्माणकोलागि तत्काल कार्यसमिति गठन भएपनि पुन निर्माण हुन सकिरहेको थिएन २०७५ साल असार-२ गतेका दिन पुनः तेस्रो पटकको अामभेला पुरानो कार्यसमिति विघटन गरि धर्म गुरु तेन्जिङ राङ्डोल रिन्पोछे ज्युको अध्यक्षतामा ११ सदस्ययीय नयाँ कार्यसमिति गठन गरेपछि गुम्बा पुनः निर्माणले गतिलिन थालेको थियो

अार्थिक सहयोग संकलन व्यवस्थापन निर्माण अदि विषयमा छलफल तथा जिम्मेवारी भडफाडमा त्यहाँका अग्रज व्यक्तिहरुलाई गुम्बा निर्माण कमिटीको सचिव बनेर गुम्बा बनाउन अनुरोध गरिए पनि सबैको अा-अाफ्नै व्यस्तता समयका कारण गुम्बाका प्रमुख लामाले शेरसाङ्गे शेर्पालाई प्रस्ताव गर्नुभयो सबैले मलाई नै सचिव बनेर यो जिम्मेवारी निर्वाह गर्न अनुरोध गरे काम गाह्रो छ तर पनि यो धार्मिक काम हो अब परिवर्तन चाहने युवा हु गुम्बाको जिम्मेवार भएर गर्छु अाफु सफल हुन्छु जस्तो लाग्यो यस्तै सम्झेर मैले जिम्मेवारी लिए गुम्बालाई अाकर्षक बनाउन अहिले पनि विभिन्न कामहरु भइरहेका छन् युवा उमेरमा गुम्बा बनाउनु राम्रो हो भनेर म गुम्बा निर्माणमा दत्तचित्त भएर लागे जीवनको उत्तरार्दमा अाएर यो धार्मिक काम गर्न पाएकोमा मलाई ज्यादै सन्तोष लागेको छ सचिव शेरसाङ्गे शेर्पाले भन्नु हुन्छ
गुम्बा निर्माण गर्न सबै प्रकृतिक देव देवताको पुजा गरि गुम्बा पुनः निर्माणको शुभराम्भ गरिएको गुम्बाका अार्थिक संकलनका एक सदस्य अाङ देन्डी लामाले बताउनु भयो ओखलढुंगा जिल्ला खिजीदेम्बा गाउँपलिकाकै ९ वडा लगायत ओखलढुंगा जिल्ला र छिमेकी जिल्लाहरुको श्रद्धालु भक्तजनहरुको धार्मिक अास्थाको धरोहरका रुपमा रहेको किल्खोरदिङ गुम्बा पुनः निर्माणको प्रकृयामा अाम जनसमुदाय महत्त्वपूर्ण रुपमा अार्थिक, नैतिक र भाैतिक सहयोगले गुम्बा पुनः निर्माणकार्यमा थप टेवा पुग्ने विश्वास गुम्बाका प्रमुख लामा एवम् अध्यक्ष तेन्जिङ राङडोल रिन्पोछे ज्युले बताउनुभयो गुम्बा पुनः निर्माण कार्य सम्पन्न गर्नका लागि थप अार्थिक टेवा पुग्ने विश्वासका साथ खिजीदेम्बा स्वीकृत बजेटबाट चालु अार्थिक वर्षको लागि ८,००,००० अक्षेरुपी अाठ लाख रुपैयाँ विनियोजन गरेको गाउँपलिकका अध्यक्ष वेद बहादुर रोका र वडा अध्यक्ष नगेन्द्र बहादुर बस्नेतले भन्नुभयो गुम्बा पुनः निर्माण कार्यमा महत्त्वपूर्ण सहयोग गर्नुहुने सहयोगी मनहरुको नामवाली विभिन्न संचारमाध्यमहरुमा प्रचार-प्रसार गर्नुको साथै गुम्बा पुनः निर्माण कार्य सम्पन्न पश्चत् शिलालेखामा लेखिने गुम्बाका सचिव तथा सञ्चार कार्मि शेरसाङ्गे शेर्पाले बताउनुभयो



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2xmVD9J

No comments:

Post a Comment

Pages