जापानमा अध्ययनरत ३० जना नेपाली बिद्यार्थीलाई एनआरएन जापानले छात्रवृत्ति दिने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 25, 2018

जापानमा अध्ययनरत ३० जना नेपाली बिद्यार्थीलाई एनआरएन जापानले छात्रवृत्ति दिने

जापान । पछिल्लो समय नेपाली बिध्यार्थीहरू उच्च शिक्षा अध्ययनको लागी जापान आऊने क्रम बढ़िरहेको छ उनीहरुमा समस्याहरु पनि आउने गरेका छन । यसलाई मध्यनजर गर्दै एनआरएनए जापानले त्यस तर्फ ध्यान केन्द्रित गर्दै बिध्यार्थी लक्षित कार्यक्रमहरू ल्याउने भएको छ ।

नेपालबाट आउने धेरै बिध्यार्थीको आकांक्षा भाषा स्कूल तथा भोकेसनल कलेज अध्ययन पश्चात कम्पनीमा वर्किंग भिसा परिवर्तन गरी अर्थोंपार्जन गर्ने भएतापनी केही बिध्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्न कै लागी आउने तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागी काममा बढ़ी ध्यान दिनु पर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न सकेका छैनन यसलाई मध्यनजर गर्दै हाल जापानीज भाषा स्कूलमा अध्ययनरत जेहेन्दार तथा लगनशील ३० जना बिध्यार्थीहरूलाई मासिक ३ मान बराबरको छात्रवृत्ति प्रदान गरिने एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिए ।

छात्रवृत्तिका लागी आवेदन खूल्ला गरिएको र इच्छुक बिध्यार्थीले तलको लिंकमा आफ्नो बिवरण सहित आवेदन दिन सक्नेछन। जापानको जूनसुकै क्षेत्रमा भाषा स्कूल अध्ययनरत बिध्यार्थीले आवेदन दिन सक्नेछन।

छात्रवृत्तिको लागी छनौट भईसकेपछी सम्बन्धित बिध्यार्थीको व्यक्तिगत बैंक खाता मार्फ़त प्रत्येक महीना ३० हजारका दरले रकम प्रदान गरिने छ भने उक्त बिध्यार्थीले छात्रवृत्ति लीन शुरू गरेपछि जापान सरकारको नियम अनुसार २८ घण्टा भन्दा बढ़ी समय काम(आरुबाईतो )गर्न पाउने छैन ।
गत June १९ तारिक एनआरएनए जापान अध्यक्ष टाशी वांगदी लामा र international Human Resource network organisation (IHNO) संग समन्वय गरेर सेवामुलक क्षेत्रमा काम गरिरहेको संस्थाका CEO कुमीयामा बीच भएको दोहोरो सम्झौतालाई कार्यान्वायन गर्दै पहिलो पटक संस्था मार्फ़त NRNA जापानले हाललाई ३० जना नेपाली जेहेन्दार तथा लगनशील बिध्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।
IHNO ले बिदेशी बिध्यार्थीहरुलाई यस्तै सहयोगहरु गर्दै आउने गरेको छ।

यसको प्रभावकारीता बढेक़ो खण्डमा आगामी दिनमा अझै थप गर्दै जाने अध्यक्ष टाशी वान्दा लामाले जानकारी दिनुभयो । २०१८ भित्रैबाट यो सुबिधा शुरु गर्न लागेको लामाले जानकारी दिनु भयो ।

छात्रवृत्ति छनौट गर्दा बिध्यार्थीको बायोडाटा ,नेपालमा अध्ययन गरेको प्रमाणपत्र, र हाल अध्ययनरत कलेजको हजिरिसंग़ै सम्बन्धित बिध्यार्थीको अनुशासन र लगनशीलताको बारेमा कलेजसंग सम्पर्क गरेर सोधिने र छनौट प्रक्रिया पारदर्शी हूने प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।
यसले जापानमा अध्यायनरत बिद्यार्थीलाई हौसला मिल्ने छ ।

आवेदनका लागि

https://ift.tt/2QX2tem



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2xRLi4W

No comments:

Post a Comment

Pages