कञ्चनपुरमा आन्दोलन चर्किदा प्रहरीको गोली लागि  ४ जना घाइते  - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, August 23, 2018

कञ्चनपुरमा आन्दोलन चर्किदा प्रहरीको गोली लागि  ४ जना घाइते 

कञ्चनपुर,भदौ ७ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनका क्रममा गोली चलेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो ।

प्रहरीको गोली लागेर ४ जना घाइते भएको जनाइएको छ । घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् छन्।

घाइते ४ जना मध्ये भट्टको अवस्था गम्भीर रहेको बताइएको छ ।

पन्तको बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

तर, स्थानीयले उनी मानसिक रोगी भएको र वास्तविक हत्याराको बचाउमा प्रहरीले गलत व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन जारी राखेका छन् ।

स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपार्दै टायर बालेर सवारी आवगमन समेत ठप्प पारेका छन् ।

The post कञ्चनपुरमा आन्दोलन चर्किदा प्रहरीको गोली लागि  ४ जना घाइते  appeared first on Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2BDVoLV

No comments:

Post a Comment

Pages