प्रज्ञापारमिता सूत्रको महिमा र महत्व - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 13, 2018

प्रज्ञापारमिता सूत्रको महिमा र महत्व

प्रज्ञापारमिता सूत्र किन भनिएको त भन्दा, जुन ज्ञानलाई बोध गर्न सकेमा यो भव संसारको दुःखबाट पार गरेर लैजाने अत्यन्त विश्वासिलो माध्यम भएकाले यो सूत्र हजारौं वर्ष अगाडिदेखि प्रज्ञापारमिता सूत्रको नामले प्रसिद्ध छ । हाल बुद्धवचन अनुवाद समिति नेपालले अनुवाद गरिरहेको प्रज्ञापारमिता सूत्र हालसम्मकै सबै भन्दा बृहत् प्रज्ञापारमिता सूत्रको नेपाली भाषामा अनुवाद हो। आठौं शताब्दीको उत्तरार्धतिर भारत र नेपालका प्रकाण्ड बौद्ध विद्वानहहरू भोट पुगी मूल संस्कृत लिपिबाट सम्भोट लिपिमा लिपिबद्ध गरेका थिए । त्यसपछि विश्वको कुनै पनि राष्ट्रमा यसको पूर्ण अनुवाद हुन सकिएको थिएन । डाइमण्ड सूत्रनामले चिनिने वज्रछेदिका प्रज्ञापारमिताको स–साना फुटकर अनुवाद भने हालसम्म जर्मन भाषामा दुई, जापानीज भाषामा एक, मंगोलियन भाषामा तीन, फ्रान्च भाषामा एक, अङ्गे्रजी भाषामा तीन संस्करण बाहेक अन्य प्रज्ञापामिता सूत्रलाई अनुवाद गर्न सकि रहेको छैन । बुद्ध जन्मेको देश नेपालबाट नै यस राष्ट्रिय गौरवको आध्यात्मिक परियोजना स्वरूप बुद्धवचन अनुवाद समिति नेपालले गरिरहेको बृहत प्रज्ञापारमिता सूत्र अनुवाद नै पहिलो अनुवाद हो । यसबाट स्वदेशमा मात्रै होइन विदेशमा रहेका नेपाली भाषाीहरूले समेत भगवान् बुद्धको अत्यन्त गम्भीर शून्यताको दर्शन के हो भन्ने बारेमा प्रष्ट बुझ्न सक्नेछन् ।

विश्वका जुन जुन देशमा महायान बुद्धधर्म फैलिएको छ, त्यहाँको बौद्धहरूमाझ प्रज्ञापामिता को दार्शनिक महत्व मात्र होइन, सांस्कृतिक र व्यवहारिक महत्व पनि उत्तिकै रहेको पाइन्छ । नेपालमा पहिलेदेखि मानिदै आएको नेपाली महायान वज्रयान बौद्धधर्म परम्परामा पनि प्रज्ञापारमिता सूत्रलाई धर्मरत्न कै रूपमा लिएर पूजा गरिन्छ, त्यसको ध्यान भावना गरिन्छ, दिनहूँ पाठ पनि गरिन्छ । काठमाण्डौं उपत्यकाका धेरैजसो महाविहारहरूमा प्रज्ञापारमिता सूत्रको रञ्जना वा प्रचलित लिपिमा हस्तलिखित पाण्डुलिपि सुरक्षित राखिएको हुन्छ । जस्तै ललितपुरस्थित हिरण्यवर्ण महाविहारमा सन् १०१२ पुरानो रञ्जना लिपिमा सुनको मसीले लिखित अष्टसाहस्रिका प्रज्ञापारमिता सुरक्षित रहेको पाइन्छ भने विक्रमशील महाविहार भगवानबहाल, ठमेलमा पनि सुनले लेखिएको शतसाहस्रिका प्रज्ञापारमिता सूत्रको चार ठेली सुरक्षित रहेको पाइन्छ । हिरण्यवर्ण महाविहारमा अष्टसाहस्रिका प्रज्ञापारमिता भक्तजनहरूले दिनहूँ गुरु वज्राचार्यहरूबाट पाठ गराउने चलन रहित आएको छ ।

नेपाली महायान वज्रयान बुद्धधर्ममा जस्तै हिमाली बौद्धधर्मको परम्परामा पनि अष्ट साहस्रिका प्रज्ञापारमिता सूत्र (ग्ये तोङ् पा) (बुम, ङिठी) लगायत अन्य प्रज्ञापारमिता सूत्रका संस्करणजस्तै शतसाहस्रिका प्रज्ञापारमिता सूत्र (बुम्) इत्यादि पनि पाठ गर्ने चलन रहि आएको छ । त्यस्तैगरी चिनिया, कोरिया र जापानी बौद्ध परम्परामा पनि प्रज्ञापारमिता सूत्रको पाठ दिनहुँ गर्ने चलन रहेको पाइन्छ । माथि भनिएझैं प्रज्ञापारमिता पाठ र अभ्यासको मूल उद्देश्य त बुद्धत्व प्राप्ति नै हो । तैपनि हामीले सांसारिक जीवन निर्वाह गर्दा गर्दै पनि काममा सफलता पाउन, विघ्नबाधा निवारण गर्न, आरोग्य प्राप्ति गर्न, शंकट मोचन गर्न तथा पुण्य लाभ गर्न सांसारिक उद्देश्यका लागि पनि प्रज्ञापारमिता सूत्रको पाठ गर्नु अत्यन्त कल्याणकारी तथा फलदायि हुन्छ । जस्तै स्वयं अष्ट प्रज्ञापारमिता सूत्रको अप्रमेय गुणधारण पारमिता स्तूप सत्कार परिवर्तमा यस्तो उल्लेख गरिएको छ — “ज जसले प्रज्ञापारमिता सूत्रलाई ग्रहण गर्दछ, धारण गर्दछ, पाठ गर्दछ, अध्ययन गर्दछ, प्रचारप्रसार गर्दछ, (प्रवत्र्तन गर्दछ) प्रतिलिपि निकाल्दछ भने उनले अपार पुण्य लाभ गर्दछ ।” यति मात्र होइन, त्यसै सूत्रमा अरू पनि अनेक किसिमका लौकिक लाभहरू प्राप्त गर्दछन् भन्ने विषयमा विस्तृत रूपमा व्याख्या गरिएको पाइन्छ ।

सबैभन्दा छोटो प्रज्ञापारमिता हृदय सूत्र निम्ति अनुसार छ —
भगवान् बुद्धका अत्यन्त गम्भीर तथा उच्चतम ज्ञानले युक्त त्रिपिटक अर्थात् बुद्धवचन (काङ्ग्युर) को सार प्रज्ञापारमितासूत्र हुन् । सबै प्रज्ञापारमिता सूत्रहरुको सारको पनि सार भएको यस ‘ह्दयसूत्र’ प्रणिधानमध्ये सर्वश्रेष्ठ, पूजापाठमध्ये सर्वोत्तम, दुःख–कष्ट, बाधा हटाई मोक्षलाभको निम्ति उत्कृष्ट, मनले चिताएको सबै पु¥याउने ‘चिन्तामणिरत्नसमान’, कल्पौंदेखिको पाप शोधन गरी चित्तलाई अति निर्मल बनाउनमा यो सूत्र अत्यन्त प्रभावकारी, लाभकारी र श्रेयस्कर मानिएको हुँदा दिनमा एकपटक मात्र पाठ गर्न सकेमा पनि अपार पुण्यलाभ हुनेबारे बौद्ध वाङ्गमयहरुमा बताइएको छ ।
अन्तमा हामीले प्रज्ञापारमिता सूत्रको बृह्त उपदेशहरूको सार समेटिएको छोटो प्रज्ञापारमिता हृदय सूत्ररहेको चाँडै नेपाली पाठकहरूको निम्ति प्रकाशन कार्य तीब्र गतिमा भईरहेकोले इच्छुक पाठक वर्गहरूले उक्त पुस्तक निःशुल्क प्राप्त गर्नको लागि बुद्ध वचन अनुवाद समिति नेपालको कार्यालय बौद्ध पिपलबोटमा सम्पर्क गर्न सक्नुहुन्छ । विस्तृत जानकारीको लागि समितिको वेभसाइटः धधध।दतअलभउब।ियचन मा भ्रमण गर्नुभई यस अनुवाद बारे पढ्न र सुन्न सक्नुहुनेछ ।

।। भवतु सर्वमंगलम् ।।

The post प्रज्ञापारमिता सूत्रको महिमा र महत्व appeared first on Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2vGVexW

No comments:

Post a Comment

Pages