मलाई जस्तो कसैलाई नहोस : पासाङ शेर्पा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, June 30, 2018

मलाई जस्तो कसैलाई नहोस : पासाङ शेर्पा

काठमाडौँ, आषाढ १६ । रोजगारीको शिलशिलामा मलेसिया गएका आङ पासाङ शेर्पा अहिले सुष्म कोइराला मेमोरियल अस्पताल साखुको बेड नम्बर २८ मा उपचार गराइ रहेका छन
सोलुखुम्बु नेचा सल्यान गाउँ पालिका वडा न ५ का पासाङ शेर्पा ३ बर्ष ७ महिना मलेसियामा काम गरेको थियो । उनको खुट्टामा सानो चोट लागेको थियो पछि चोट लागेको ठाउमा दुख्न र फोका आउन थालेपछि कम्पनीले अस्पताल पु¥याइएको थियो । अस्पतालको सैयामा त पासाङ पुग्यो जब अपरेशन भयो र होस आयो खुट्टा छाम्दा थाहा भयो काटी सकेको रहेछ उनी छागाबाट खसे सो सरह भयो । “रोए, कराए सुनि दिने कोही थिएन” पासाङ आखा भरि आसु पारी भन्छ ।

परिवारको आर्थिक अवस्था सुर्धान मलेसिया गए ।
७ जना परिवारको माइला छोरा पासाङ परिवारको आर्थिक अवस्था सुर्धान र सहयोग गर्न मलेसिया लागेको थियो । दाइ, भाइ, बहिनीलाई राम्रो शिक्षा दिन सफल व्याक्ति बनाउनका लागि विदेश गएका थिए । मलेसिया जादा कम्पनीले कार्गोमा काम हो भनी पठाएका थिए तर पछि मलेसिया पुगेपछि जे पनि गर्नु पनर्,े कुनै बेला काम पाउथ्यो कुनै बेला पाउदैन थियो जस्तो कम्पनीले भनेको थियो त्यस्तो भएन । कुनै बेला भोकै दिन काट्नु पर्ने अवस्था हुन्थ्यो । पछि साथीहरुको सहयोगले कम्पनी परिर्वतन गरि ड्राइभरको काम गरे काम राम्रै थियो । “मेरो घर मैले मलेसियाबाट पठाएको पैसाले चलि रहेको थियो, भाइ बहिनीहरुले राम्रोसँग पढि रहेको छ भनी बुवाले भन्नु हुन्थ्यो । बुवाको यि बचन सुन्दा खुसी लाग्थ्यो” तर यो खुसी ३ बर्ष ७ महिना मात्र टिक्न पायौँ । अन्तत म आफै घाइते भएर फकर्नु प¥यो

आमाको मृत्यु पछि स्कुल छाडेर विदेश लागे ।
घरमा ठुलो र माइला दाइ आखा देख्दैनन, बुवा कान नसुन्ने र आखाँ राम्रोसँग नदेख्ने । आमा हुनजेल सुखदुख ७ कक्षासम्मको अध्ययन गरे जब आमाको मृत्यु भयो घर परिवार सम्हाल्नका लागि मैले स्कुल छाड्नु प¥यौ । मन नहुदा नहुदै भाइ बहिनी र बुवालाई सघाउनका लागि विदेश पलायन भए ।

अब केही गर्ने विचार छ ।
विदेश गएर दुख भोगे ठुलो सपना बोकेर गएको थिए तर पुरा हुन सकेन अब नेपालमा नै बसेर काम गर्छु । विदेशमा बसेर मैले मेरो खुट्टा घुमाए तर मेरो आत्मबल घटेको छैन केही कार्यको सुरुवात गरि घरपरिवारलाई सहयोग गर्नेछु ।

विदेश जादा राम्रो कम्पनी र तालिम लिएर जानुस .

मैले जति विदेशमा दुख भोगे अरुले भोक्न नपारोस । विदेश भने जस्तो सजिलो छैन कुन बेला के हुन्छ के हुन्छ थाहा हुदैन । त्यसैले विदेश जादै हुनुहुन्छ  भने कम्पनी राम्रो छनोट गरि जानुस जादा तालिम लिइ दक्ष भएर गए राम्रो हुने पासाङको भनाइ छ ।

अहिले पासाङ शेर्पा सुष्म कोइराला मेमोरियाल अस्पताल साखुमा उपचार गराइरहेको छ उनको आर्थिक अवस्था कमजोर भएकोले तपाइ जो कोहीले पनि सहयोग गर्न सक्नु हुनेछ ।

पासाङ शेर्पालाई सहयोग गर्नका लागि
बैकं एकाउन्ट नम्बर :  D80701000037 Global Ime Bank

सम्पर्क नम्बर : 9810304185



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2KD9ssI

No comments:

Post a Comment

Pages